November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भट्टी साहुनी प्रियकासँग निराजनको माया(हेरौं भिडियो)

2.1K

काठमाडौं । ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।

यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ । पियार बोलको भिडियोलाई निर्देशक हिमालीले राम्रो बनाउनुका साथै डान्सिङ शैलीमा तयार परेका छन् । भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, संवाद पनि समावेश छ । एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा मार्फत दर्शाइएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीको रहेको छ । बिहीवार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

Advertisement