November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

परिजिता बाँस्तोला अमेरिकन रियालिटी ‘द भ्वाइस’को नकआउटमा

4K

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला नकआउटमा प्रवेश गरेकी छन् ।

अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा बाँस्तोलाले जित हासिल गर्दै नकआउटमा प्रवेश गरेकी हुन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई हराएकी हुन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।

कोच जोनसहित चारैजना कोचले नकआउट चरणका लागि बाँस्तोलालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए । चारैजना कोचलाई परिजिताले नेपालबाट ल्याएको रुद्राक्षको माला समेत लगाइदिएकी थिइन्।

Advertisement

अमेरिकाको मेरिल्याण्ड राज्यमा आमाबुवासंग बसोबास गर्दै आएकी परिजिताले ल्याब्रिन्थको २०१६ को गीत ‘जेलस’ गीत गाएर अडिसन दिएकी थिइन् ।