November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ, बाल यौन दुरुपयोगमा भने दोषी

1.8K

काठमाडौं । कलाकार पल शाह(पूर्णविक्रम)ले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । तर बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।

जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको भए पनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरिएको हो । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका थिए ।

गत चैतमा ्शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

Advertisement

तर जिल्ला न्यायाधीश आचार्यकै इजलासले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएका हुन् । पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनिएको छ । शाहले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्।