May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन

2K

काठमाडौं । जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन भएको छ । विहीबार भेलाले चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन भएको हो ।

नवगठित समितिका संयोजकमा उद्धव अविदित रहेका छन् । समितिको उपाध्यक्षमा शम्भु गौतम तथा टेकबहादुर लामा छिरिङ, महासचिवमा रामशरण कोइराला, सचिवमा दिनेश श्रेष्ठ, कोषाध्यक्षमा सुभास गौतम एवम् सह कोषाध्यक्षमा नम्रता पौडेल चयन भएका छन् ।

कमिटीका सदस्यहरूमा रामचन्द्र अधिकारी, हिउँबाला गौतम, रेशम फिरिरी , युवराज राई, निस्तेज निरौला, जेनिशा केसी, कुमार श्रेष्ठ, पुण्य ओझा, प्रदीप कक्षपति, राजुसिंह शाही, पारस कुमार अधिकारी, हरि अधिकारी, विदुर राना, विनयराज पौडेल, गोपी सापकोटा, जगतबहादुर ब्लुन, कृष्ण रसाल, सुदीप श्रेष्ठ, किरण दाहाल, दिनेशसिंह ठकुरी, किरणराज थापा, दीपक सिंह साउद, दिनेशसिंह ठकुरी, सन्देश बराइली, राज घिमिरे, गंगाबहादुर मगर, रविन्द्र खड्का एवम् शिव न्यौपाने रहेका छन् ।

Advertisement

नवनिर्वाचित केन्द्रीय समितिलाई प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासंघ समाजवादीका इन्चार्ज उदय श्रेष्ठले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा जननिर्वाचित केन्द्रीय समितिलाई विशिष्ट अतिथि महासङ्घका अध्यक्ष कृपाराम शर्मा धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा.पुष्करराज भट्ट एवम् ललितकला मञ्चका अध्यक्ष दिपेशमान सिंह प्रधानले शुभकामना दिएका थिए । कार्यक्रममा जनसंगीत मञ्चका अध्यक्ष नवीन पौडेलको पनि उपस्थिति थियो ।
जनपक्षीय चलचित्रकर्मी संघ नेकपा एकीकृत समाजवादी सम्बद्ध जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन हो ।