November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देउकृष्ण देवान याख्खा लिंखाकाे निर्देशनमा बनेकाे ‘चिउरी चिल्लो पात’ सार्वजनिक (भिडियाे)

2.2K

इटहरी । लाेकप्रिय गायक गायिका शम्भू राई र मेलिना राईको आवाजमा ‘चिउरी चिल्लो पात’ गीतको नयाँ भर्सन पनि सार्वजनिक भएको छ ।

विरेन्द्र राईको शब्द तथा संगीत रहेको पूर्वेली जुहारी ‘चिउरी चिल्लो पात’लाई नर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक गीतलाई दीपेश प्रधानले मिक्सिङ तथा श्याम लिम्बूले रेकर्ड गरेका हुन् ।

साढे ३५ मिनेट लामो गीतको भिडियोमा रातभर जुहारी खेलेर एक–अर्कालाई मन परापरदेखि लिएर विहेसम्मको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । गीतको सारलाई निर्देशक देउकृष्ण देवान याख्खा लिंखाले कलाकारमार्फत् भिडियोमा उत्कृष्ट तरिकाले उतारेका छन् ।

Advertisement

सार्वजनिक गीतको भिडियोमा रेखा लिम्बू, विमला लिम्बू, योमन सोदेम्बा लिम्बू र नुमा माबुहाङ लिम्बू फिचर्ड छन् । भिडियोमा उनीहरुलाई आरती लिम्बू, फूलमाया लिम्बू, अञ्जना लिम्बू, दलमान लिम्बू, नरमान लिम्बू, जोग बहादुर लिम्बू, लाल बहादुर लिम्बू, पूर्ण बहादुर लिम्बू, लक्ष्मी लिम्बू, मनरानी लिम्बू, थ्री प्रसाद जीमी याख्खा, खड्का बहादुर लिम्बू, छिन्ताङ्गे राई, दूर्गा लिम्बू, पुरनधोजे लिम्बू, सुमन लिम्बू, रोबर्ड श्रेष्ठ, राम गुरुङ, पूर्ण बहादुर गुरुङ, पदम बहादुर थापा, सुनिल सिटौला, विनय मादेन र गोविन्द यादवले साथ दिएका छन् ।

निर्देशक देउकृष्ण देवानको केही समय अगाडि सार्वजनिक भएको ‘डाँडा बजार’ र ‘तमोर सलल’ गीतलाई दर्शक/श्रोताले निकै रुचाइरहेका छन् । त्यस्तै ‘चिउरी चिल्लो पात’लाई पनि दर्शक/श्रोताले मन पराउनेमा उनी विश्वस्त छन् ।

‘चिउरी चिल्लो पात’को भिडियोलाई देवराज सिग्देलले छायाङ्कन गरेका हुन्, भने अनिल रानाले कलरिङ र सम्पादन गरेका हुन् । गीतको भिडियोको एडभाइजरको रुपमा प्रमोदा राई रहेकी छन् ।