November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रेम दिवसको विशेष अवसरमा ‘मेरो सवाल…’

3.7K

काठमाडौं । १४ फेब्रुअरी प्रेम दिवसको विशेष अवसर पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको ‘मेरो सवाल…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत गरेका छन् । दिपेन वस्न्यातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=y65stjoPCd0

‘प्रेमिल जोडीका लागि प्रेमदिवसको छेको पारेर गीतको भिडियो सार्वजनिक गरेका छौँ, एउटा राम्रो गीत र भिडियो बनेको छ, सबैले मनपराइ दिनुहुनेछ भन्नेमा आशावादी छौँ’, निर्देशक शाहीले भने ।

Advertisement