November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाःलाम ‘सोसोरिक वामा’ दर्शकमाझ

2.7K

काठमाडौं । प्रथम विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट दशमा पर्न सफल गायक गायिकाहरू एक साथ एउटै पाःलामको भिडियोमा देखा परेका छन् । पाःलाम ‘सोसोरिक वामा’को पाःलाम भिडियोबाट उनीहरू एक साथ आएका हुन् ।

हाङ चेम्जोङको निर्देशनमा बनेको उक्त पाःलाम पाःलाममा सन् २०२० मा अत्यन्तै लोकप्रिय भएर सम्पन्न भएको विश्वव्यापी अनलाइन प्रतियोगितका उत्कृष्ट दश भित्रका सात जना गायक गायिकाहरू एक साथ प्रस्तुत भएको निर्देशक चेम्जोङले बताए ।

याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको प्रतियोगितामा प्रथम भएकी सुनिता लाबुङ केदेम, दोस्रो भएका शिवकुमार सम्बाहाङ्फे र तेस्रो भएकी सुनिता सङ्यक देखा परेकी छिन् । त्यस्तै, पालाम चोत्लुङ अवार्ड विजेता पेपराज माबुहाङ, उदीयमान कलाकार अवार्ड विजेता इन्दिरा नेम्वाङ, सेहोनाम्लाङ अवार्ड विजेता सुमन लिम्बु र मुक्कुमलुङ अवार्ड विजेता जीवन केदेम पनि कलाकारका रूपमा अटाएका छन् ।

Advertisement

गीतमा विजेता सुनिता लाबुङ केदेम, सुमन लिम्बु र जीवन केदमसँगै अहिलेका उदीयमान पाःलाम गायिका निरन्ता नेम्वाङको स्वर सुन्न सकिन्छ ।

किङ स्टुडियोमा रेकर्ड भएको गीतमा लय विजेता सुनिता केदेमको र कथा जीवन केदेमको रहेको छ । शब्दमा जीवनलाई शान्ता केरुङले साथ दिएकी छिन् । गीतमा मनोज साम्सोनको संगीत संयोजन, इसाक जवेगूको छायांकन र सम्पादन, अस्मिता राईको श्रङ्गारतर्फ सम्हालेका छन् । गीतको सहयोगीहरूमा एलिजा फोम्वो, सन्तवीर लिम्बु, मुछेबुङ यम्बा र भीम लिम्बु तेयुङ रहेका छन् ।


पाःलामको भिडियो रीता फोम्बो ठूलीको अफिसियल युट्युब च्यानबलबाट सार्वजनिक भएको हो ।

पौने दुई वर्षअघि सम्पन्न भएको विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितमा नेपाल, भारत र विदेशका तीन दर्जन बढी मुलकुहरूबाट ३५२ प्रतियोगीहरूसहित करिबा ४०० जना गायक गायिकाहरू सहभागी भएका थिए । उत्कृष्ट दशमा पुगेका अन्य सहभागीहरूमा उत्कृष्ट पाःलाम चोत्लुङ अवार्ड विजेता शान्तिराम खरेल, सर्वोत्कृष्ट प्रस्तुतिको अवार्ड विजेता विक्रम येक्तेन र साङ्गोती हाङ्गोती अवार्ड विजेता साँगुले ठूले रहेका थिए ।

कोरोना महामारीको पहिलो लकडाउनको बेला आयोजना गरिएको प्रतियोगितामा गैरयाक्थुङ लिम्बुहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरूमा गायिका मनु नेम्वाङ, सँस्कृतिविद् यासेली योङहाङ र मुन्धुम एवम् रैथनो संगीतकी प्रवर्तक झुमा लिम्बु रहेका थिए ।