काठमाण्डौं । इभेन्ट म्यानेजमेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ ।
यही पुष १० गते शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी दिए ।
मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व विकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए । ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन ३ र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २, को कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् । दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन २, का प्रतिस्प्रधीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निःशुल्क पानि तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ ।
त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत तालिम दिइने कुराको जानकारी अध्यक्ष लामा गराए ।