काठमाडौं । गायक तथा मोडल समुन्द्र खतिवडा र कविता गौतमको “आँखामा तिमी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
समुन्द्र खतिवडाको शब्द/स्वर, शहीद रहमान संगीत रहेको सो गीतको भिडियोमा समुन्द्र खतिवडा र कविता गौतम बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
भिडियो दुबईको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । यस भिडियो दुबईबाट पनि नेपाली टिमले स्तरीय भिडियो निर्माण गर्न सक्छन् भन्ने उदाहारण बन्न सकेको निर्माण टिमको भनाइ छ ।
भिडियोका निर्माता आयन राई हुन् भने शहीद रहमानको छायांकन तथा सम्पादन र वासिम अहमदको श्रीङ्गार गरेका हुन् ।
भिडियोलाई भारतका चर्चित सलेश पिल्लाई ले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस