January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ पूर्वका विभिन्न स्थानमा प्रदर्शन हुने

690

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ पूर्वका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । चलचित्रका निर्माता मनि ताम्लिङका अनुसार फिदिम, बेलवारी र धनकुटामा प्रदर्सन हुने भएको हो ।

बियोगान्त प्रेममा आधारित कथानाक चलचित्र ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । चलचित्रमा सागर केरुङको पटकथा, संवाद र किशोर सुब्बाकोे निर्देशन रहेको छ ।

सिक्किमको रमणीय स्थलमा छायांकन गरिएको सो चलचित्रको यसघि नै सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको छ भने विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो ।

Advertisement

अब पूर्वका, फिदिमा पुस ३ गते, बेलबारीमा ४ गते र धनकुटामा पुस १८ गते प्रदर्शन हुने भएको छ । चलचित्र लिम्बू भाषामा भएपनि आधुनिक कथामा रहेको छ ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू लगायतले अभिनय गरेका छन् ।

चलचित्रको कोरीयोग्राफी दिनेश माङ्मुले गरेका छन भने संगीत, मनि ताम्लिङ, कुल्बा सुब्बा, राजु आङ्देम्बे र पविन आङ्देम्बेको रहकोे छ ।

ताम्लिङका अनुसार चलचित्र पौष महिनादेखि प्रदर्शन हुनेछ ।

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ फिदिम, बेल्बारी र धनकुटामा प्रदर्सन हुने भएको छ । चलचित्र पौष महिनादेखि प्रदर्शन हुने चलचित्रका निर्माता तथा गायक संगीतकार मनि ताम्लिङले जानकारी दिएका छन् ।

बियोगान्त माया प्रेममा आधारित कथानाक चलचित्र ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । चलचित्रलाई सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन गरेका हुन् ।

सिक्किमको रमणीय स्थलमा छायांकन गरिएको सो चलचित्र सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको छ भने विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो ।