December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न

795

काठमाडौं । रीता फोम्भो ठूलीको ‘निंङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको छ । ललितपुरको देउरालीमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका छन् ।

चर्चित पाःलाम गायिका मनु नेम्बाङ र शिव सम्बाहाम्फेको आवाज रहेको उक्त पाःलामको संगीत संयोजन मोनी ताम्लिङको रहेको छ ।

भिडियोको छायांकन तथा सम्पादन बिबि लिम्बुले गरेका छन् । त्यसैगरी श्रीङ्गारमा सञ्जु थलङ र आयुस्ना श्रेष्ठको रहेको छ ।

Advertisement

भिडियोमा पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम, सुमन लिम्बु लुप्लिहाङ, अन्जान नेम्बाङ्, नरेश वनेम ,युगल लिम्बु, धनप्रसाद कन्दवा, नन्दु तुम्बापो, डिआर हाङश्रोम्बा, रिता फोम्बो ठुलीसीता लावती फोम्बो, जानु फोम्बो राधिका आङ्बुहाङ् फोम्बो, सनी लिम्बु, नैनकला आङ्देम्बे लगायतको अभिनय रहेको छ ।

भिडियो चाँडै नै रीता फोम्भो ठूली युट्युब च्यानलबाट सार्वजनिक हुने निर्देशक हाङ चेम्जोङले बताए ।

रीता फोम्भो ठूलीले केहिदिन अघि मात्रै ‘निङ्वासुम भाग–५ सार्वजनिक गरेकी छन् ।