‘ए कान्छी’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । देवेन्द्र सम्बाहाम्फेको शब्द/संगीत रहेको गीतमा रचना रिमाल र देवेन्द्र सम्बाहाम्फेको स्वर रहेको छ ।
भिडियोको निर्देशन र कोरियोग्राफी दिनेश माङ्मुले गरेका छन् भने सह–निर्देशन र कन्सेप्ट डिजाइन मनि ताम्लीको रहेको छ । त्यसैगरी छायंकन तथा ड्रोन सुमन तामाङ, सम्पादन हेमन तामाङ, श्रीङ्गार महेश सिग्देलको रहेको छ ।
भिडियोमा विल्सन बिक्रम राई र बिमला खजुमको अभिनय रहेको छ ।
ओपेरा डिजिटकमा रेकर्ड गरिएको सो गीतको भिडियो चाडै नै दर्शकमा आउने मनि ताम्लिङले जानकारी दिए ।