फेदेन । लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो सीता अफिसियल युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।
गीतमा एकान्त आङ्देम्बे र सीता तुम्रोकको स्वर रहेको छ भने शब्द आन्छुमे नशान, संगीत संयोजन देवेश राई र संगीत एकान्त आङ्देम्बेकै रहेको छ ।
पान्थरको लब्रेकुटी, साधुटार लगायतको ठाउँमा छायांकन गरिएको ‘हिल्लिक–हिल्लिक’को म्युजिक भिडियोलाई सागर केरुङले निर्देशन गरेका ङले निर्देशन गरेका छन् । त्यसैगरी निङ्वा नेम्बाङको नृत्य निर्देशन, अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन÷सम्पादन, निस्चल आचार्यको प्रकाश संयोजन रहेको छ ।
भिडियोमा सागर केरुङ, जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् ।