January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

‘मावा यङ्घङ्’को छायाङ्कन सम्पन्न

२०७८ कार्तिक २२

700

‘मावा यङ्घङ्’ बोलको पाःलामको छायाङ्कन सम्पन्न भएको छ । हाङ् चेम्जोङ्को निर्देशनमा बनेको उक्त भिडियोलाई पूर्वको काँकडभित्तास्थित चुम्लु्ङ हिममा छायाङ्कन गरिएको छ ।

गंगा फियाक र सन्ध्या लिङलेकुको स्वर रहेको उक्त पाःलामको शब्द बखत आङदेम्बेको रहेको छ भने लय विपन तावा लिम्बुको रहेको छ ।

भिडियोको छायाङ्कन तथा सम्पादन इशाक जबेगुले गरेका छन् । भिडियोमा इन्द्र सुशील चोङ्वाङ, रोशनी आङदेम्बे, हर्क फियाक,चन्द्ररानी कुमारी लावती, जीवन सिंगक, सविता आङदेम्बे, सन्ध्या आङदेम्बे, अलिसा लाबुङ, भूमिका फियाक लगायतको अभिनय रहेको छ । त्यसैगरी श्रीङगार सपना लिम्बुको छ ।

Advertisement

निर्देशक हाङ चेम्जोङले सहयोगी सम्पूर्णप्रति आभार प्रगट गर्दै भिडियो गंगा फियाकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने जानकारी दिएका छन् ।