January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

‘नुरिकाङ वयो’को छायांकन सम्पन्न

२०७८ कार्तिक १८

835

पान्थर । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’को छायांकन बिहिवार सम्पन्न भएको छ । मोनि ताम्लिङको शब्दसंगीत र स्वर रहेको उक्त गीतको भिडियोलाई सागर केरुङे निर्देशन गरेका छन् ।

भिडियो पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको छ ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.को निर्माण रहेको ‘नुरिकाङ वयो’का छायांकन सञ्जय आचार्यले गरेका छन् भने ड्रोनमा फुङ्सो जबेगु र श्रृङ्गार अमृता जबेगुको रहेको छ ।

Advertisement

मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको सो गीतको भिडियो ओपेरा इन्टरटेन्मेन्ट युटुब च्यानलबाट सार्वजनिक हुनेछ ।