काठमाडौँ । लिम्बु भाषाको गीत ‘निङसाङ पोक्लछ’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।
गायक संगम लिम्बूद्वारा गाइएको गीतको म्युजिक भिडियोमा रोजगारीको निम्ति विदेशिन बाध्य युवाको कथालाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ । विदेशमा रहँदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडियोमा देखाउन खोजिएको छ ।
गीतलाई संगमले नै रचना र संगीत गरेका हुन् ।
सागर सुब्बाद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमु कलकार रहेका छन् । छायांकन मुकेश हुमागाई, ड्रोन सुरज लामा, सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेको छ ।
त्यसैगरी श्रृङ्गार कविता टोलीङ, निर्माण नियन्त्रक राजेश मगर छन् ।
भिडियो संगम लिम्बूको आफ्नै च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।