काडमाडौ । गायक निमा रूम्बाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल अमेरिका बस्दै आएका उनले अमेरिकिाबाट ‘पागल प्रेमी २’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
रुम्बाकै शब्द र संगीत रहेको सो गीतमा सुनिल वर्देवाको संगीत संयोजन रहेको छ । गायक रुम्बासँगै मिस यूनिभर्स नेपाल विजेता आंशिका शर्मा र उत्सव सिंहको अभिनय रहेको ‘पागल प्रेमी २’ को म्युजिक भिडियोलाई आशिष श्रेष्ठले निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले यस अघि ‘सफर’ नामक नेपाली कथानक चलचित्र निर्देशन गरिसकेका छन् ।
टिना श्रेष्ठ र गुन्जना शाक्यको निर्माण रहेको सो भिडियोमा इरेन खानको कोरियोग्राफी, आशिष श्रेष्ठका छायाङ्कन, भनिता पटेलको श्रृङगार रहेको छ ।