May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

बेलायतका नयाँ पुस्ताका मोडेल आशिक र सुबृनाको ‘किन हो किन’ म्युजिक भिडियो सार्वजनिक

1.2K

धन किरन गुरुङ र दिपा लामा राईको ‘किन हो किन’ मिठो गीत लण्डनमा एक भब्य समारोहबीच गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरबाट सर्बजानिक भएको छ । डि. जि. प्रोडक्सन युकेद्वारा “किन हो किन” म्युजिक भिडियो सार्वजनिक भएको कुरा गायक गुरुङले जानकारी दिएका छन् ।

गायक तथा संगीतकार अशिक गुरुङले धन किरन गुरुङको स्वर, संगीत र रचनामा सजिएको गीतको म्युजिक भिडियोमा पहिलो पल्ट प्रतिभा नक्षत्र युकेका बिजेता मिस सुबृना लिम्बुसँग डेबुट गरेका छन् ।

भिडियो रोमान्टिक लभ स्टोरी कथामा आधारित रहेको म्युजिक भिडियोका निर्मात्री श्रीमती अल्का गुरुङ हुन । उक्त गीतको रचना , संगीत र स्वर धन किरन गुरुङको आफ्नै रहेको छ भने महिला स्वरमा नेपाली चर्चित गायिका दिपा लामा राईको साथ रहेको छ। ‘किन हो किन’ गीत को संगीत संयोजन सुरथ प्रधानले गरेका छन् भने उक्त म्युजिक भिडियोको निर्देशन युकेका चर्चित निर्देशक तथा कोरियोग्राफर प्रभु गुरुङले गरेका छन् । क्यामेरामा सुमन श्रेष्ठ, कलर ग्रेडिङ नबिन निरौला रहेका छन् भने मेकअपमा पुस्पा गुरुङले साथ दिएका छन् ।

Advertisement

‘किन हो किन’ म्युजिक भिडियो मा बेलायतका नयाँ पुस्ताका मोडेल आशिक गुरुङ र सुबृना लिम्बुले डेब्युमा नै दम्दार अभिनय निभाएका छन् । आशिक गुरुङ कम्प्युटर इन्जिनेरिङ्ग र म्युजिक टेकनोलोजी अध्ययन सकेर डि जि प्रोड्क्सनका प्रबन्ध निर्देशक रुपका आफ्नो कलाकारितालाई अघि बढाइरहेका छन् भने प्रतिभा नक्षत्र युकेका बिजेता सुबृना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा डाक्टर बिषयमा अध्ययन गर्दैछिन् ।

उक्त म्युजिक भिडियोले फेरि पनि दर्शक र स्रोताको मन जित्ने बिश्वास गर्दै ‘किन हो किन’ यहाँहरुमाझ पस्किएको कुरा निर्मात्री अल्का गुरुङ्ले जानकारी दिएका छन् ।

भिडियो हेर्नुका लागि तलको लिन्क क्लिक गर्नुहोला –

https://youtu.be/eygm1oLnd_g