धरान । कृष्टी किराँती राईद्वारा निर्देशित ‘पात बजाउदै’ लोक गीतको म्युजिक भिडियो र्सार्वजनिक भएको छ ।
राजेश पायल राईको स्वर, अनिल कोयु राईको संगीत रहेको उक्त गीतर्मा लिमन लिम्बुले शब्द भरेका छन् ।
उक्त गीतको भिडियोमा नायिका एलिशा राई , एलिश राई र रोजन लिम्बुले अभिनय गरेका छन् । भिडियोलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने दिनेश पराजुलीले खिचेका छन् । गीतमा मिक्सिङ र मेकअप क्रमशः मुस्कान मुकारुङ र अहाना भट्टराईको रहेको छ ।
समाजमा रहेको खाट्टी जनजीवनलाई उतार्न खोजिएको सो भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । आफुले मन पराएको प्रेमलाई आफुतिर आकर्षण गर्न जस्तोसुकै तानाबाना बुन्न पनि तयार भइन्छ । तर साँचो मायामा त्यस्ता अनेक तानाबाना नभई चोखो मन र मायाको जीत हुन्छ भन्ने कथा वस्तु प्रस्तुत गर्न खोजिएको निर्देशक कृष्टि किराँती राईको भनाई छ ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो भिडियो राजेश पायल राईको युट्युबबाट सार्वजनिक भएको हो ।