September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

प्रविशा अधिकारी र पुष्पन प्रधानको ‘तिम्रो मन’ सार्वजनिक (भिडियो सहित)

165

काठमाडौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

Advertisement

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुनेछ भन्ने आशावादी छौ, निर्देशक शाहीले भने ।

‘तिम्रो मन‘को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो । गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्ण रुपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ ।