March 25, 2025, Tuesday
२०८१ चैत्र १३
1:37:26 pm

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न

4.9K

काठमाडौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७/७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्वजनिक भएका तीज गीतसंगीतलाई समेट्दै कुल ४१ विधामा अवार्ड वितरण गरिएको छ ।

चलचित्र विकास बोर्ड चावहिल काठमाडौमा हरितालिका तीजको दर खाने दिनको अवसर पारेर भव्य रूपमा सम्पन्न भएको नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड–२०७८ मा ‘बर्षको तीज नारी सम्मान’मा नायिका करिष्मा मानन्धर, दिपाश्री निरौला, पुरुष कलाकारतर्फ तीज म्युजिक भिडियो ‘सम्झिने पानी छम्किने’बाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी बर्षको उत्कृष्ट तीज भिडियोको चरित्र अभिनेतामा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी र वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो ।

ख्यातिप्राप्त कलाकारहरूको गरिमामय उपस्थितिको साथमा सम्पन्न भएको अवार्डमा बर्षको सर्वोत्कृष्ट मोडलमा करिस्मा ढकाल र रामजी खांडले नेसनल बक्स अफिस तीज म्युजिक अवार्ड–२०७८ चुम्न सफल भएका छन््
। त्यस्तै बर्षको उत्कृष्ट तीज गीत गायिकामा गायिका सर्मिला गुरुङले पाउन सफल भएकी छन् । बर्षको उत्कृष्ट तीज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोविन्द राइले बाजी मार्न सफल भए भने उत्कृष्ट तीज गीतमा ‘चरी जेलैमा’ले पाउन सफल भएको छ ।

Advertisement

जुरितर्फ २२ जना तीज प्रतिभाहरूले बक्स अफिस तीज म्युजिक अवार्डमा आपूmुलाई सर्वोत्कृष्टको रुपमा अवार्डको वास्तविक अवार्डको हक जमाउन सफल भएका छन् । अवार्डमा देश विदेशमा रेकर्डिङ तथा भिडियो भई सार्वजनिक भएका १४३ वटा तीज म्युजिक भिडियोको आवेदन परेको नेसनल बक्स अफिस तीज म्युजिक अवार्डमा विभिन्न विधाका सर्जकहरूलाई आजिवन सदस्यबाट सम्मान र कदरपत्रबाट सम्मान गरिएको थियो ।

वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ नृत्य निर्देशक कमल राई, संगीतकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेको अवार्डमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र विशिष्ट अतिथि चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए । त्यसैगरी कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा क्षेत्री, गीतकार सुन्दर श्रेष्ठ, विशिष्ट कलाकार सुभाष गजुरेल, नक्कली बाबुराम ज्योति काफ्ल्लेले संयुक्त रूपमा आजिवन सदस्यलाई सम्मानपत्र वितरण गरेका थिए ।

नेसनल बक्स अफिस तीज म्युजिक अवार्ड–२०७८ पाउने अन्य विधातर्फ उत्कृष्ट श्रृंगारमा सीता मगर ‘घर झगडा ४’, उत्कृष्ट गीतकारमा डिपि दाहाल परिश्रमी ‘यो तीजमा फिलिली नाचौला’, उत्कृष्ट संगीतकारमा तिलक वली ‘हङकङको साडी २’, उत्कृष्ट रेकर्डिङ स्टुडियोमा दिनेश प्रकाश महरा ‘क्लासिस् सिने स्टुडियो’, उत्कृष्ट गायिकामा रिया घले ‘बिर्सेको छैन वरी लै’, उत्कृष्ट युगल गायक गायिकामा रोजि श्रेष्ठ ‘माइतिमा दर’, उत्कृष्ट नव मोडल पुरुष विधामा विकास थापा मगर ‘नाच्ने हो तीज’ म्युजिक भिडियोबाट अवार्ड पाउन सफल भएका छ्न् ।

त्यसैगरी उत्कृष्ट नव मोडल महिलामा इन्दु दनुवार ‘तीज आयो’, उत्कृष्ट छायाँकारमा विरेन्द्र भट्ट ‘बाईसतले धरहरा’, उत्कृष्ट सम्पादनमा शक्ति प्रज्वल घिमिरे ‘यसपालिको मंसीरैमा, उत्कृष्ट नव निर्देशकमा अर्जुन सिलवाल ‘फरर फरर’,उत्कृष्ट नृत्य निर्देशकमा अशोक विक ‘हङकङको साडी २’,उत्कृष्ट गायक पुरुषमा अर्जुन सापकोटा ‘हरर हरर’, उत्कृष्ट भिडियोमा ‘हङकङको सारी २’,उत्कृष्ट गीतमा ‘चरी जेलैमा’ले अवार्ड पाउन सफल भएका छन् ।

सामुहिक तस्विर

म्युजिक भिडियोको पोस्टर तथा प्रचारप्रसार सामाग्री विधामा नेपाल राष्ट्र बैकको नोट डिजाइन गर्ने पुरानो संस्था ‘आइडल डिजाइन’ चुनिएको छ ।
भव्य रूपमा सम्पन्न भएको अवार्ड कार्यक्रममा सहयोगी संस्था ग्लोबल एक्ट्रेस फ्रेडरेशन विश्व कलाकार महासंघको आजिवन सदस्यबाट सम्मानित गरिएको उक्त अवार्ड कार्यक्रममा आजिवन सदस्यबाट सम्मान पाउनेमा पुराना कलाकार उदव भट्टराई, अभिनय दुनियाँमा छुट्टै पहिचान बनाएका अभिनेता कोशिस क्षेत्री, छांयाकार निरज कंडेल, मोडल अभिनेता धर्मेन्द्र आचार्य, निर्देशक राकेश मानन्धर, समाजसेवी जीवन चलाउन्ने, कलरिष्ट रेनेश फागो, नृत्य निर्देशक जनक कार्की, कलाकार अच्युत बजगाई, नेपाल भाषाको सुपरहिट नायिका शोभा महर्जन, निर्माता रबिन्द्र थपलिया, महिला संगीतकार रेखा पौडेल, पहिलो महिला रेस्लिङ तथा कलाकार भगवती खड्का, लोकगायक श्याम कुमार ठकुरी, समाजसेवी प्रेम बहादुर थापा, लोक गायक जीवन चौलागाईं, गायक सुरज पौडेल रहेका छ्न् ।

अवार्ड भव्य बनाउन चर्चित मोडल तथा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन दुई दशकभन्दा पुरानो कलाकेन्द्र डाइमन्ड कलाकेन्द्र, आर्यन इन्टरटेन्टमेन्ट तथा युवा निर्देशक मिलन आले मगरले गरेका थिए ।

ख्यातिप्राप्त हास्य कलाकार गोपाल ढकाल (छन्दे) र समीर लामाको कार्यक्रम सञ्चालन गरेको अवार्डमा चार दर्जन विशिष्ट व्यक्तित्वहरूलाई कदरपत्र तथा मायाको चिनोबाट सम्मानित गरिएको थियो । फोटोग्राफी भने पत्रकार सिजि अधिकारीले गरेका थिए ।

उक्त ग्रुपमा हालसम्म १३ सयभन्दा बढीले आजिवन सदस्यता प्रदान गरिसकेको संस्थाको अध्यक्ष आर.के सुबेदीले बताए ।