June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका मदनकृष्णको स्वास्थ्यमा सुधार

110

काठमाडौं- मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। शुक्रबार राति मुटुमा समस्या भएपछि श्रेष्ठलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।

शनिबार उनको मुटुमा एन्जियोप्लाष्ट गरी दुइओटा स्ट्याण्ड राखेपछि अहिले स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले जनाएको छ।

मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले आइतबार स्वास्थ्यमा सुधार आएकाले आइसीयूबाट डिलक्स रुममा सारिएको जानकारी दिए। सम्भवत: आज श्रेष्ठको डिस्चार्ज हुने यमनको भनाइ छ।

मदनकृष्णमा कोरोना भाइरस संक्रमणको रिपोर्ट अझै पोजेटिभ नै छ। वैशाख ६ गते उनीसहित परिवारका सबै सदस्यलाई कोरोना पोजेटिभ देखाएको थियो। 

सास फेर्न समस्या भएसँगै कोरोना संक्रमण भएको केहि दिनमा उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए। पहिलोपटक ८ दिन र दोस्रोपटक मेडिसिटीमै १४ दिन बसेर घर फर्किएका मदनकृष्ण फेरि मुटुमा समस्या आएसँगै अस्पताल भर्ना भएका हुन्। उनी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका छन्।