April 25, 2024, Thursday
२०८१ बैशाख १३
1:37:26 pm

चैत्र २७ मा प्रदर्शन हुदैँ मुकेशको ‘गुड फ्रेन्ड’

5.3K

यही चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेका तीन फिल्ममध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ ले कोरोनाका कारण अनिश्चितकालका लागि रिलिज स्थगित गरेका छन् । यही मितिमा आउन लागेको अर्को फिल्म ‘कृष्ण लीला’ पनि सर्ने सुरसारमा छ ।

नयाँ वर्षमा सिनेमा हलहरु फिल्मविहीन हुने देखिएपछि चैत २७ मा नयाँ फिल्म ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउने भएको छ । बुधवार प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ । 

बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा रहेका छन् । त्यस्तै, फिल्मको सह-निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको रहेको छ । ‘गुड फ्रेन्ड’ ले साथी-साथीबीचको प्रेम बोल्ने निर्देशक सानेले बताएका छन् ।  

Advertisement