April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

बलिउड अभिनेत्री किरण खेरलाई ‘ब्लड क्यान्सर’

370

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’ भएको छ।

उनी मल्टिपल माइलोमाबाट पीडित भएकी हुन्। जुन एक प्रकारको ब्लड क्यान्सर हो। उनी अहिले मुम्बईमा उपचाररत रहेको भारतीय सञ्चा‍रमाध्यमले जनाएका छन्। बिजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार किरणको रोगको बारेमा जानकारी दिएका हुन्।

किरणले १९८३मा  रिलिज भएको पंजाबी फिल्म ‘आसरा प्यार दा’  फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। उनको बलिउडमा पहिलो फिल्म ‘पेस्तोंजी’ (१९८८) हो।