September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

दराजभित्र किन लुकाएईन प्रियंकाले आफ्नो प्रेमीलाई

1.6K

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय प्रकाशित गरेकी उनको अटोबायोग्राफी ‘अनफिनिश्ड’ को चर्चा चुलिएको छ ।

उनले उक्त पुस्तकमा आफ्नो व्यवसायिक र व्यक्तिगत जीवनलाई लिएर विभिन्न प्रकारका खुलासा गरेकी छिन् । उनले उक्त पुस्तकमा आफ्ना रमाइला पलहरु पनि लेखेकी छिन् भने संघर्षका कथाहरु पनि प्रस्तुत गरेकी छन् ।

Advertisement

यसैबीच, उक्त किताबमा उल्लेख भएको एक रोचक कहानी उनको प्रेमीको बारेमा रहेको छ । उनले लेखेकी छिन्, ‘जब म कक्षा १० मा पढ्थेँ । त्यतिबेला म अमेरिकामा आन्टीसँग बस्ने गर्थेँ । त्यससमय म एक बब नाम गरेका एक युवकसँग प्रेममा थिएँ ।’

आफ्नो टिनएजको प्रेमको विषयमा उनले अगाडि लेखेकी छिन्, ‘एक दिन बब र म आन्टीको घरको सोफामा बसेर हातमा हात राखेर टिभी हेर्दै थियौँ । अचानक मैले आन्टी आउँदै गरेको देखे । मैले केही सोच्न सकिन र मैले बबलाई दराजमा लुकाए ।’

त्यसपछि उनले बायोलोजीको किताब हातमा लिएर बसिन् । उनका अनुसार उनकी आन्टीले घरको सबै स्थान ध्यान दिएर देखिरहेकी थिइन् ।