September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

अनमोललाई ‘नोभेम्बर रेन २’ को अफर

1.5K

दिनेश राउत निर्देशित तथा सुवास गिरी निर्मित ‘नोभेम्बर रेन’ २०७१ सालको व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको फिल्म हो । लभस्टोरी ड्रामामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यसलाई उनीहरुको करिअरको उत्कृष्ट फिल्म मानिन्छ ।

अब निर्माता गिरी यो फिल्मको दोस्रो पार्ट अर्थात् सिक्वेल निर्माणको तयारीमा जुटेका छन् ।  फिल्मका लागि मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको छ । शनिवार साँझ निर्माता गिरीले अनमोल र उनका पिता भुवन केसीसँग भेट गरेका थिए र त्यही क्रममा उनले ‘नोभेम्बर रेन २’ को प्रस्ताव अनमोललाई गरेका हुन् । अनमोलले आफूलाई फिल्मबाट अफर भएको कुरा स्वीकार गरे । अनमोल र सुवासको यसअघि फिल्म ‘कृ’ मा सहकार्य भएको थियो ।  निर्माता गिरी ‘नोभेम्बर रेन २’ निर्माणको तयारीमा जुटे पनि उनका भरपर्दा निर्देशक मानिने दिनेश राउत भने यस विषयमा अनविज्ञ रहेछन् । यो फिल्मको बारेमा कसैले आफूसँग कुरा नगरेको उनले बताए । ‘यो कुरा म पहिलो पटक सुन्दैछु ।

Advertisement

सुवास दाईसँग यस विषयमा अहिलेसम्म कुराकानी भएको छैन,’ उनले भने । फिल्मको बारेमा बुझ्न खोज्दा निर्माता गिरीसँग भने सम्पर्क हुन सकेन । दिनेशसँगै आर्यन सिग्देलसँग पनि सुवास गिरीको राम्रो सम्बन्ध रहेको मानिन्छ । ‘नोभेम्बर रेन र क्लासिक’ मा उनीहरुको सहकार्य भएको थियो । तर, अहिले निर्माता गिरीको रोजाईमा आर्यन पर्न छाडेका छन् ।

उनी निर्मित दुई फिल्म ‘पर्व र कृ’ यसका उदाहरण हुन् । अब ‘नोभेम्बर रेन २’ पनि अनमोललाई अफर हुनुले आर्यनसँग सुवासको सम्बन्ध विग्रिएको चर्चालाई बल मिलेको छ ।