February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
1:37:26 pm

सगरमाथा आरोही तेन्जिङ शेर्पाको कथामा चलचित्र बनाउँदै ओबामा

नेपालमामिला संवाददाता
२०७७ माघ २५

260

विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले चलचित्र बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको हो । अष्ट्रेलियन महिला निर्देशक जेनिफर पिडमले निर्देशन गर्ने चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ ।

सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ स् हिरो अफ एभरेस्ट’ पुस्तकमा चलचित्र आधारित हुने नेटफ्लिक्सले जानकारी दिएको छ । निर्माण भएपछि चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ ।

तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई चलचित्रले देखाउनेछ । चलचित्रको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले बताएका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।