February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
1:37:26 pm

यस्तो बन्यो आशिष सचिनको ‘ए मुना’, (भिडियो)

नेपालमामिला संवाददाता
२०७७ पुष २३

250

काठमाडौं – गायक आशिष सचिन र प्रविशा अधिकारीको स्वरमा रहेको ‘ए मुना’ बोलको गीत सार्वजनिक भएको छ ।

स्याड भर्जनमा तयार भएको गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ भने भिडियोमा गायक आशिष र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ ।

मनोज बस्नेतको निर्देशनमा रहेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीको रहेको छ । आफुले अन्य गीत भन्दा यसमा धेरै मिहिनेत गरेको आशिषले बताए । ‘मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, मलाई यस गीतमा पनि पहिलाको जस्तै माया दिनुहुनेछ ’ आशिषले भने ।