काठमाडौं। आज प्रतिनिधिसभाको दोस्रो अधिवेशनको १३ औं बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ ।
संघीय संसद भवन वानेश्वरमा बस्ने आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको कार्यसूचीमा उल्लेख छ ।
आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफनो धारणा राख्ने साथै
प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।