January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

भिलेन बनेर धुम मच्चाउँदै अभिनेत्री दीपिका पादुकोण

1.9K

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अब नयाँ चलचित्र धुम ४ मा भिलेनको भूमिकामा देखिने भएकी छन् ।

सन् २००४ देखि सुरु भएको बलिउडमा एकदमै चर्चित चलचित्र हो ‘धुम’ । उक्त चलचित्रको सीरीजले बलिउड बक्स अफिसमा थुप्रै रेकर्ड तोड्न सफल भएको छ ।

उक्त चलचित्रको सबै सीरीजमा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सँधै रहने छ । तर, भिलेन को बन्दैछ भन्ने विषयमा यतिबेला सबैलाई चासोको विषय बनेको छ ।

Advertisement

एक भारतीय न्यूज पोर्टलका अनुसार उक्त चलचित्रमा भिलेनको रुपमा दीपिकालाई लिइएको बताइएको छ । धुम–४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा देखिने र उनलाई यस फिल्ममा एक स्टाइलिस चोरको रुपमा देखिने बताइएको छ ।

धुमको पहिलो सीरिजमा नायक जोन अब्राहम भिलेन थिए भने दोस्रो सीरिजमा ऋतिक रोशन र ऐश्वर्या रायलाई लिइएको थियो । त्यस्तै तेस्रो सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।