February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

काठमाडौंमा चलचित्र ‘सँघार’को विशेष प्रदर्शन हुने

5.9K

काठमाडौं । किराती समुदायमा आधारित चलचित्र ‘सँघार’ काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ । सेवा इन्टरटेन्मेन्टको प्रस्तुति तथा प्रयाश दुमी राईको कथा÷निर्देशन रहेको यस चलत्रिच माघ १६ गते काठमाडौंस्थित मण्डला नाटकघरमा प्रदर्शन हुन लागेको हो ।

खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको ‘सँघार’ पारिवारिक र गाउँले प्रेम कथा समेटिएको सामाजिक चलचित्र हो । यस चलचित्रमा अस्मिता राई, प्रयाश दुमी राई, शुष्मा राई, अरुण राई, मनोज राई, दुर्गा बान्तावा, बिबेक दुमी, अनिसा चाम्लिङ, सम्झना राई लगायतको अभिनय रहेको छ ।

चलचित्रको छायाँकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । यस्तै भिडियो सम्पादन र पोस्टर डिजाइन मनोज राईले गरेका हुनु भने ड्रोनमा दुर्गा बान्तावा रहेका छन् । यसैगरी चलचित्रको गीतमा राजेश पायल राई र शुष्मा राईको स्वर, प्रयास दुमी राईको शब्द, पदम राजन मगरको संगीत तथा संयोजन रहेको छ ।

Advertisement

यसअघि चलचित्र ‘सँघार’को भोजपुर, खोटाङ र उदयपुरका १२ भन्दा धेरै ठाउँमा सफल प्रर्दशन भइसकेको छ । काठमाडौंमा १६ गते सोमबार दिउँसो २ बजे प्रदर्शन समय रहेको छ ।