काठमाडौं । पुर्वेली लोकभाकाको गीत ‘भोजपुर टक्सार’ सार्वजनिक भएको छ । सुवास विवश श्रेष्ठको शब्द, मनोज साङ्सोनको सङ्गीत/सङ्गीत संयोजन साथै पवित्रा गुरुङ र मनोज साङ्सोनकै स्वर रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो ।
उक्त गीतको भिडियोलाई जस्केलो क्रियशनले निर्माण गरेको हो । सुरेश राईद्धारा स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलबाट केहिदिन अघि सार्वजनिक भएको हो ।