काठमाडौं । लिम्बु भाषाको म्युजिक भिडियो ‘सोमिःप्मा ए’ सार्वजनिक भएको छ । भिडियोमा चर्चित कलाकार फु?लेन्देको बाउ (मौसम इम्बुङ) र सुम्निमा खापुङको अभिनय रहेको छ भने कल्पना लाओती, शैलेन्द्र नाल्वो, विपना तावा लगायतले पनि अभिनयम साथ दिएका छन् ।
पेशल माबुहाङको शब्द, सेमिहाङ सिंगकको संगीत र टेकेन्द्र यक्सोको संगीत संयोजन यस गीतमा इन्दिरा नेम्वाङ र पेपराज माबुहाङको आवाज रहेको छ । गायकद्धय विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका अन्तिम दशमा परेका गायक गायिका हुन् ।
पाँचथरको याङ्वरक थुमतिर छायांकन गरिएको उक्त भिडियोलाई दिनेश माङ्मुले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । यस्तै, छायांकन सुमन योञ्जन र श्रृङ्गार कृष्ण सुवेदीले गरेका हुन् ।
भिडियो इन्दिरा नेम्बाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।