काठमाडौं । वरिष्ठ गायक कृष्णभक्त राई र रचना रिमालको ‘आयो सिकारी’ गीत सार्वजनिक भएको छ । बिमल खेवाछाली सुलभको रचना र मनोज साङ्सोन राईको संगीत तथा संयोजन रहेको उक्त गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो ।
सुरेश राई र मनोज साङ्सोनद्धारा किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
यस्तै, भिडियोको छायांकन तथा सम्पादन झस्केलो क्रियशनले गरेको हो । भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।