February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

गीतकार वाङ्दी सेर्पाको ‘तिम्रो यादमा’ सार्वजनिक

2.2K

काठमाडौं । गीतकार वाङ्दी सेर्पाको ‘तिम्रो यादमा’ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार अशोक मुकारुङको स्वर/संगीत र संयोजन रहेको उक्त गीतको ‘स्टुडियो भिडियो’ सार्वजनिक भएको हो ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार सेर्पा समाजसेवी पनि हुन् । उनले यस गीतमा परिवार र प्रीय मान्छेसँग छुट्नु पर्दाको पीडालाई प्रस्तुत गरेका छन् ।

योगेन मुकारुङद्धारा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ मुस्कान मुकारुङले गरेका हुन् । भिडियोको छायांकन योगेनकै रहेको छ भने सम्पादन जीवन मुकारुङले गरेका हुन् । भिडियो सेवा इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement