काठमाडौं । कवि तथा गीतकार देवकी अभिलाषीको शब्द तथा गायक जीवन शर्माको स्वर तथा संगीत रहेको गीत ‘अलिकति पिउँदै छु’ सार्वजनिक भएको । राजु कार्कीको संगीत संयोजन रहेको यस गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो ।
सिक्किमका गायक तथा संगीतकार शर्मा विगत ३ दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय छन् । उनी हालसालै उर्वरा फाउन्डेसन नेपालद्धारा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा ‘उर्वरा डायस्पोरा संगीत सम्मान’बाट सम्मानित भएका थिए । सोही क्रममा नेपाल आएको समयमा उनले ‘अलिकति पिउँदै छु’ गीत रेकर्ड गराएका हुन् । यस गीतका गीतकार अभिलाषी उक्त फाउन्डेसनकी संस्थापक अध्यक्ष हुन् ।
योगेन मुकारुङद्धारा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीत धेरैको जीवन भोगाइसँग मेल खाने भएको हुँदा यस गीतलाई दर्शक तथा स्रोताले रुचाउनेमा आफू ढुक्क रहेको अभिलाषी बताउछिन् ।
योगेन मुकारुङकै क्यामेरा तथा दुर्गा बान्तावाको भिडियो सम्पादन रहेको यस भिडियो सेवा रेकर्डिङ स्टुडियोबाट सार्वजनिक भएको हो ।