March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

इन्द्रहाङ लिङ्देन अभिनीत ‘तिमी गीत जिन्दगीको’ सार्वजनिक

5K

काठमाडौं । ‘तिमी गीत जिन्दगीको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । व्यवसायी इन्द्रहाङ लिङ्देन र नायिका उपासना नेम्बाङ अभिनीत उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो ।

बेलायत निवासी लिङ्देन एक सफल युवा व्यवसायी हुन् । बेलायतमा रेस्टुरेन्ट संचालन गर्दै आइरहेका उनी नेपाल मामिला डटकमका अध्यक्ष हुन् भने भर्खरै नेपालमा ‘जाउँगुरु’ राइड शेयरिङ एपको सुरुवात गरेका छन् । लिङ्देनको यो पहिलो म्युजिक भिडियो हो ।

अवसर नगुमाउँ भन्ने उदेश्यले यस भिडियोमा अभिनय गरेको लिङ्देन बताउछन् । ‘अवसर पाउँदा अभिनय गरेको हुँ, उपासनालाई धन्यवाद ।’, लिङ्देनले नायिकाप्रति आभार प्रकट गरे । भविष्यमा भने सोचेर अभिनय गर्ने उनले बताए ।

Advertisement

भिडियोलाई नेपालको कुलेखानीमा छायांकन गरिएको हो । भिडियोमा कमल राईको निर्देशन, मुकेश ढकालको छायांकन, र मनोज कार्कीको सम्पादन रहेको छ । यस्तै सहायक कोरियोग्राफी सुमित गुरुङ र श्रृङ्गार मनोज लामाको रहेको छ ।

‘तिमी गीत जिन्दगीको’ गीतको शब्द सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ राईले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको यस गीतमा राजेश पायल राई र अन्जु पन्तको आवाज आवाज भरेका छन् ।