July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

‘समयको खेल’ बाट प्रमिला राईको डेब्यु

3.7K

नडाहा । उदयीमान गीतकार प्रमिला राईको ‘समयको खेल’ बोलको गीत हालसालै सार्वजनिक भएको छ । गीत लक्ष्मण भण्डारी अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा राजेश पायल राईको जादुमय स्वर सजिएको छ भने उक्त गीतमा सङ्गीत तोरेम्पा हाङ्ले भरेका छन् । लक्ष्मण भण्डारीको निर्माण तथा अभिनय रहेको म्युजिक भिडियोको निर्देशन कृष्ण श्रेष्ठले गरेका हुन् । अभिनयमा भण्डारीलाई मोडल आयुष्मा कार्कीले साथ दिएकी छिन् ।

नव गीतकार राई विगत केही वर्षदेखि साहित्य सिर्जनासँगै गीत लेखनमा समर्पित छिन् । उनले कर्मथलो जापान बनाउँदै आएकी छन् । उनी सामाजिक अभियन्ताको रूपमा पनि परिचित छिन् । किरात राई यायोक्खा, जापान शाखा उपाध्यक्ष, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, जापान शाखा सह–सचिव तथा नेपाल आदिवासी जनजाति महासङ्घ, जापानको सदस्य लगायत आधा दर्जनभन्दा बढी विभिन्न सङ्घसंस्थामा समेत सक्रिय रहेकी छिन् ।

Advertisement