April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

नेहारिका खड्काको ‘परदेशीको मन’ सार्वजनिक

2.6K

काठमाडौं । नेहारिका खड्काको आवाजमा ‘परदेशीको मन’ गीतको भिडियो सार्वजनिक भएको छ । हप्तादिन अघि युट्युबमार्फत सार्वजनिक भएको यस गीतको शब्द तथा संगीत दिपक रायमाझी र संगीतसंयोजन तथा मिक्सिङ/मास्टरिङ विशम आचर्यको रहेको छ ।

झापाकी बालगायिका नेहारिका अष्ट्रियामा बसोवास गर्छिन् । उनी २ वर्षदेखि नै नाच्न गाउन रुचाउने गरेको उनका अभिभावक बताउछन् । उनले ७ वर्षको उमेरमै गीत रेकर्ड गराएकी हुन् ।

यस गीतको भिडियोमा शुभोद रसाइली र मेरिस्का खड्काको अभिनय देख्न सकिन्छ । यस्तै, अनिषा खड्का, मोनिका भन्डारी, शोभा उप्रेती, मनिषा खड्का, पवित्रा क्षेत्री, विपाशा संजेल र निशा पराजुलीले पनि साथ दिएका छन् ।

Advertisement

प्रतिभा कार्की र नेत्र खड्काको निर्माण र दिपक रायमाझीको निर्देशन रहेको यस भिडियोमा सुवास लिम्बुको छायांकन, रोहित लाम्गादे र सुवास लिम्बुको सम्पादन, सुवोध रसाइलीको कोरियोग्राफी र पदम तामाङको श्रृङ्गार रहेको छ । भिडियो सरगम संगीतालय युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।