April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

शिवानी बान्तावा र मनोज साङ्सोनको ‘पछ्यौरीको छेउ’ सार्वजनिक

8.4K

काठमाडौं । शिवानी बान्तावा र मनोज साङ्सोनको आवाजमा ‘पछ्यौरीको छेउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत शिवानी बान्तावाकै रहेको छ भने संगीत संयोजन मनोज साङ्सोनको रहेको छ ।

सुरेश राई र मनोज साङ्सोनद्धारा स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । यस गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा गायकद्धयलाई नै फिचिरिङ गरिएको छ ।

उक्त भिडियोको छायांकन तथा सम्पादन जस्केलो क्रियसन र प्रकाश वाइवाले गरेका छन् । भिडियो स्टुडियो किङको अफिसियल युट्युब चयानलबाट सार्वजनिक भएको हो ।

Advertisement