April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

देवी र हेमन्त आलेको ‘आसाम लाहुरे’ सार्वजनिक

2.2K

काठमाडौं । देवी आले र हेमन्त आलेको स्वरमा रहेको गीत ‘आसाम लाहुरे’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘देवी आले’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मौलिक सालैजोमा आधारित गीत ‘आसाम लाहुरे’को शब्द संगीत हेमन्त आलेकै रहेको छ भने संगीत संयोजन चेतन गोतामेको रहेको छ । यस गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुमन राना र खुमना राना यस गीतका ‘रेकर्डिस्ट’ हुन् ।

उक्त गीतको भिडियोलाई दिप गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । यस्तै, मधुर बस्नेतको छायांकन, रमेश बिके रसाइलीको सम्पादन र हिमकुमारी गुरुङको भेषभुषा रहेको यस म्युजिक भिडियोमा सुष्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ ।

Advertisement

गीत राम्रो बनेको हुनाले दर्शक तथा स्रोताले रुचाइदिनेमा आफू विस्वस्त रहेको गायिका देवी आलेले बताइन् ।