काठमाडौं । गायक राजेश पायल राई र गायिका सविना योङहाङ जोडौन घरबार भन्दै आएका छन् ।
आलोक चाम्लिङ राईको रचना, मनोज साङसोन राईको संगीत तथा संयोजन रहेको गीतमार्फत राई र योङहाङले घरबार जोड्ने कुरा गरेका हुन् ।
सुरेश राई र मनोज साङसोन राईको अडियो रेकर्ड तथा सम्पादन, राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई जस्केलो क्रिएसनले भिडियोमा रुपान्तरण गरेको छ ।
यस गीतलाई स्टुडियो किङ युट्युव च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।