November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘तिम्रो लागि’ म्युजिक भिडियो सार्वजनिक

5.1K

काठमाडौं । बिनु श्रेष्ठको आवाज रहेको ‘तिम्रो लागि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल संगमको शब्द तथा संगीत रहेको यस गीतको संयोजन देवेन्द्र नेवा र मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका छन् ।

उक्त भिडियोको निर्देशन सुनिल संगमले गरेको हुन् । भिडियोमा स्पन्दन विनोद, पूजा सिम्खडा, रिया शर्मा र मचिन्द्र अर्यालको अभिनय देख्न सकिन्छ ।

यस्तै भिडियोको छायांकन पुष्पराज सुवेदीले गरेका छने भने श्रृङ्गार पूजा सिम्खडा र भिडियो सम्पादन ओम प्रकाश अवस्थीले गरेका छन् ।

Advertisement

उक्त भिडियो ओएसआर मुभिजको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।