काठमाडौं । प्रसिद्ध गायक यसकुमारको ‘हिजो अर्कैसँग देखेँ’ गीतको भिडियो सार्वजनिक भएको छ । यसकुमारकै शब्द, संगीत रहेको यस गीतलाई २० वर्षपछि पुनः ‘रिमेक’ गरिएको हो ।
यस गीतका गायक यसकुमार भिडियोले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताउछन् । ‘बुबाको समयको यस गीतलाई रिमेक गरेपछि छोरा पुस्ताले पनि मन पराइदिनुभएको पाएका छौं । भिडियो पनि राम्रै बनेको हुँदा दर्शको मन जित्नेमा ढुक्क छौं ।’, उनले भने । यसअघि पनि यसकुमारले २० वर्षपछि ‘तिम्रो मन बदलिए छ’ गीतलाई रिमेक गरेका थिए । उक्त गीत करोड क्लबमा प्रवेश गरेको थियो ।
फील स्टुडियोमा कुमार केसीद्धारा रेकर्ड गरिएको यस गीतको संयोजन एसके बच्चा र ‘मिक्सिङ’ अशोक महर्जनले गरेका हुन् ।
बले इन्टरटेन्मेन्टको प्रस्तुति रहेको उक्त गीतको भिडियोमा सागर लम्साल ‘बले’, रेश्मा घिमिरे र शिशिर भन्डारीको अभिनय रहेको छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।
यस्तै, भिडियोको छायांकन हरि हुमागाँई, सम्पादन विकास धमला, श्रृङ्गार सरिता मगरको रहेको छ ।
तिलकुमारी क्षेत्री, विमलादेवी क्षेत्री र सचिता लम्साल केसीको संयुक्त निर्माणमा बनेको उक्त भिडियो बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।