November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

3.6K

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो । उक्त सूचीबाट सरकारले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

केसी केही समयअघि मात्रै नेपाली काँग्रेस प्रवेश गरेका थिए । यसअघि नेकपा एमालेमा रहेका केसीमा काँग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्ष बन्ने आशा देखिएको थियो ।

Advertisement