काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘साम्योक्लुङ्’को छायांकन सम्पन्न भएको छ । काठमाडौंको विभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त पालामलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
पाःलाममा सागर केरुङको शब्द, शिवकुमार सम्बाहाम्फेको लय संकलन, श्याम लिम्बुको एरेन्ज र थोक्फेला लिङ्देन, शिवकुमार सम्बाहाम्फे, श्रृजना जबेगु, बिवस नेम्बाङको स्वर रहेको छ । उक्त पाःलामको भिडियोलाई किृष्ण थलङले छायांकन गरेका छन् भने सुनिता किरातीका श्रृङ्गार रहेको छ ।
भिडियोमा आशिष लिङ्देन, मनमाया लिम्बु, थोक्फेला लिङ्देन, बिवस नेम्बाङ, नितु नाल्बो, जेपि नेम्बाङ, लोकमाया पालुङ्वा, तानाम्तान्छो लावती, आशा लावती, अनिश सेलिङ लिम्बू, नेहा लिम्बु, शिव सम्बाहाम्फे लगायतले अभिनय गरेका छन् ।
पाःलामको भिडियो थोक्फेला लिङदेन युटुब च्यानलद्वारा सार्वजनिक हुने जनाइएको छ ।