August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

मेयर हर्क साम्पाङको सम्मानमा तयार पारिएको गीत ‘पाएँ हर्क साम्पाङ’ सार्वजनिक

2.2K

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सम्मानमा तयार पारिएको ‘पाएँ हर्क साम्पाङ’ बोलको गीत सार्वजनिक भएको छ । आलोक चाम्लिङको शब्द रहेको उक्त गीतमा राजेश पायल राई र शशी किरातीको स्वर रहेको छ ।

काठमाडौंको स्टुडियो किंग र इटहरीस्थित पुर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको संगीत तथा संयोजन मनोज साङसोनले गरेका छन् । यस्तै, गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

गायक राजेशय पायल राई र शशी किरातीलाई कोरस गायनमा दिपा तामाङ, मन्मा बि राई, सुरेश राई र मनोज साङसोनले साथ दिएका छन् ।

Advertisement

भिडियो स्टुडियो किंगको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।