November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टेलिचलचित्र ‘माया’ सार्वजनिक

2.6K

काठमाडौं । प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ । जातीय भेदभावको कथावस्तुलाई समेटेर उक्त सिरियल बनाईको हो ।

‘सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर, सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको हो ।’, निर्मात्री प्रज्ञा जोशीले बताईन ।

यस्तै, टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र भएको बताए । ‘ यस टेलिचलचित्रमा साँचो प्रेम गर्नेहरुका लागि जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको छ ।’, उनले भने ।

Advertisement

टेलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राई, श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमाहबको रहेको छ ।