काठमाडौं । १६औं नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०७९ सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
अवार्डमा कुल ३४ सय गीत संगीतलाई पछि पार्दै ‘टाढा भएपनि’ले बाजी मार्न सफल भएको छ । यस म्युजिक भिडियोबाट संगीतकारमा उर्गेन दोङ, गायिकामा अस्मिता अधिकारी, पुरुष मोडलमा पल शाह, महिला मोडलमा मल्लिका महतले अवार्ड प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी बर्षको उत्कृष्ट गायकमा तिम्रो मन बदलिएछ बाट यस कुमारले बाजि मारेका छ्न ।
यस्तै, सहभागी ३४ सय गीत संगीतलाई पछि पार्दै ‘हजुर मुसुक्कै गीत’को भिडियोबाट उत्कृष्ट सम्पादनमा दिर्घ खड्का, नृत्य निर्देशकमा कबिराज गहतराज, कला निर्देशमा राजु पेन्टर, प्रोडक्सन डिजाइनरमा सुभाष काफ्ले छांयाकारमा सञ्जय लामा, मेकअपम्यानमा सन्तु तामाङ र नव यायक कृष्ण बिकले अवार्ड हासिल गर्न सफल सफल भएका छन् ।
त्यसैगरी आधुनिक सुगम संगीतको तर्फबाट गीतकारमा दर्पन राइले ‘तिम्ले बाटो फेरेउ अरे’ बाट अवार्ड पाएका छन् भने नृत्य निर्देशन विधामा ‘सिरफूल’ बाट अजय स्याङतानले अवार्ड प्राप्त गरेका छन् ।
वरिष्ठ गायिका तथा निर्माता सत्यकला राई, निर्देशक उदय सुब्बा ,गीतकार मीनसागर लामा, निर्माता तथा प्रोडक्सन डिजाइनर सुरज आचार्य , निर्देशक मधुसूदन भट्टराई, मिलन आले मगर, दिनेश पौडेल, राम भक्त श्रेष्ठ, निर्माता तथा छायांकार प्रधुम्न्न मिश्र, चलचित्र सम्पादक तारा थापा किन्भे, मान बहादुर थापा, कलाकार तुलसी प्रसाद श्रेष्ठको जम्बोटोली जुरि रहेको बक्स अफिस म्युजिक भिडियो अवार्डमा चलचित्र तर्फबाट म यस्तो गित गाउछु २ को गीत संगीतले बाजी मारेको छ ।
गत बर्ष प्रदर्शनमा आएका २१ वटा चलचित्रका गीत संगीतलाई पछि पार्दै उक्त चलचित्रको शिर्ष ‘गीत तिम्रो घरको वरिपरी’बाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकारको अवार्ड पाउन सफल भए भने यसै गीतबाट नायिका पुजा शर्मा, छांयाकारमा सौरभ लामा, नृत्य निर्देशनमा रामजी लामिछाने र कलरकरेक्सनमा रेनिक्स फागुले अवार्ड पाउन सफल भएका छ्न् ।
त्यसैगरी राष्ट्रिय गीततर्फ ‘त्यही सच्चा नेपाली’ बोलको गीतबाट रोशनी केसीले अवार्ड प्राप्त गरेकी छिन् भने राजकुमार दर्जी ‘मेरो देश’बाट उत्कृष्ट नृत्य निर्देशनको अवार्ड पाउन सफल भएका छन् । गीतकारमा बेलायतबाट बनेको सन्तकुमार राईको ‘हामी गोरखाली’ले प्राप्त गरेको छ । त्यस्तै प्रवास म्युजिक भिडियो अवार्ड तर्फ ‘सुन सानो कथा’बाट निर्देशकमा जनकदिप पराजुली, प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे र मोडलमा रोजि पन्त र आर्यन सिग्देलले अवार्ड पाउन सफल भएका छन् ।
त्यसैगरी धार्मिक म्युजिक भिडियोमा नारायणबाबू कोइरालाले ‘हरहर महादेव’बाट अवार्ड पाउन सफल भएका छन् । हरहर महादेवबाटै निर्देशकमा जीवन शाही, छायांकन, सम्पादन नृत्य निर्देशनमा बाजी मारेको छ भने शैलेन्द्र मुडभरले हामी कृष्ण प्रणामीबाट उत्कृष्ट गायकको अवार्ड पाउन सफल भएका छन् । उता थारु म्युजिक भिडियो अन्र्तगत अहिलेसम्म १५० गीत भन्दा धेरै गित संगित लेखी राष्ट्रिय सम्मान प्राप्त सकेका समीर खानले ‘मिथिला हमारी जान’ बाट गीतकारमा आफूलाई अब्बल साबित गरेको छन् । त्यस्तै धार्मिक गीत ‘जय श्री राधे’ बाट कलाकार सुमन गिरि (भान्जा) उत्कृष्ट चरित्र अभिनेताबाट अवार्ड प्राप्त गरेका छन् ।
त्यसैगरी कार्यक्रममा बक्स अफिस रजत जयन्ती संगीत सम्मानमा पुरान स्रस्टा जनकवि, वरिष्ट गीतकार दुर्गाप्रसाद श्रेष्ठ, वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, वरिष्ठ गायिका भारती उपाध्याय, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गीतकार निर्माता तथा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाललाई प्रमुख आथितिको हातबाट सम्मानित गरिएको थियो । प्रमुख अथितिकै हातबाट अग्रज सुवेदी पत्रकारिता दीर्घ सम्मानमा कृष्ण भुसाल, गोपि कृष्ण चापागाईं, मनिष दाहाल सम्मानित भएका थिए भने कुमार आचार्यलाई नगद रु २५ हजार सहित सम्मान गरिएको थियो ।
विविध सांस्कृतिक कार्यक्रमसहित आयोजित १६आंै बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०७९ मा शम्भुजित बास्कोटा, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, गीतकार सुन्दर श्रेष्ठ, जितु नेपाल, ज्ञानेन्द्र देउजा, सुवास गजुरेल, किसान पोख्रेल लगायतको बाक्लो उपस्थिति रहेको थियो । नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा लोक दोहोरी गीत संगीत अवार्ड भन्ने छुट्टै गरिने अवार्ड अध्यक्ष आरके सुबेदीले बताए ।