November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाःलाम ‘लुङा ज्यूसे’ सार्वजनिक

2K

काठमाडौं । पाःलाम ‘लुङा ज्यूसे’ सार्वजनिक भएको छ । तारा लाबुङको शब्द तथा लय संकलन रहेको उक्त पाःलाममा डिबी लिम्बु, अमृता वनेम, तारा लाबुङको स्वर र राजु कार्कीको संयोजन रहेको छ ।

पाःलामको भिडियोमा कुसल थलङ, डिबी लिम्बु, मेघराज सेरेङ, नेरता सेरेङ, रामकुमार सेरेङ, मान बहादुर सेरेङ, गोपी फेम्सोङ, तारा लाबुङ, अमृता वनेम, आशा वनेम, तुलसा वनेम, विनिता वनेम, बिमला चेम्जोङ, नुमा नेयोङ, निर्मला सुहाङ, सुशिला बेघा, धनकुमारी सेरेङ, जयमाया वनेम र सविता पन्धाकलाई देख्न सकिन्छ ।

भिडियोको निर्देशन मदन मोक्तानले गरेका हुन् भने सम्पादन बसन्त वाम्बुले र श्रृङ्गार महेश सिग्देलले गरेका हुन् ।

Advertisement

म्युजिक मिडिया धरानमा रेकर्ड गरिएको उक्त पाःलामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोको लिंक ।